लोक सेवा आयोग

नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइड्रोलोजी उपसमूह, राजपत्राङ्कित तृतीय श्रेणीका पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

Public Service Commission - Nepal Engineering Service (Civil) - Hydrology Subsection Syllabus

परीक्षा योजना (Examination Scheme)

यस पाठ्यक्रम योजनालाई दुई चरणमा विभाजन गरिएको छ:

प्रथम चरण: लिखित परीक्षा (Written Examination) - पूर्णाङ्क: २००

पत्र विषय खण्ड पूर्णाङ्क उत्तीर्णांक परीक्षा प्रणाली प्रश्नसंख्या × अंक समय
प्रथम General Subject Part I: General Awareness & General Reasoning Test १०० ४० वस्तुगत (Objective) बहुवैकल्पिक प्रश्न (MCQs) ५० प्रश्न ×१ अङ्क १ घण्टा ३० मिनेट
Part II: General Technical Subject ५०प्रश्न ×१ अङ्क
द्वितीय Technical Subject १०० ४० विषयगत (Subjective) - छोटो उत्तर र लामो उत्तर ४ प्रश्न × ५ अङ्क
८ प्रश्न ×१०अङ्क
३ घण्टा

द्वितीय चरण: सामूहिक परीक्षण (Group Test) र अन्तर्वार्ता (Interview) - पूर्णाङ्क: ४०

पत्र / विषय पूर्णाङ्क उत्तीर्णांक परीक्षा प्रणाली समय
सामूहिक परीक्षण (Group Test) १० - सामूहिक छलफल (Group Discussion) ३० मिनेट
अन्तर्वार्ता (Interview) ३० - बोर्ड अन्तर्वार्ता (Board Interview) -

दृष्टव्य (Important Notes):

  1. लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै हुनेछ।
  2. प्रथमपत्र र द्वितीय पत्रको लिखित परीक्षा छुट्टाछुट्टै हुनेछ।
  3. वस्तुगत बहुवैकल्पिक (Multiple Choice) प्रश्नहरूको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत २० प्रतिशत अंक कट्टा गरिनेछ। तर उत्तर नदिएमा त्यस बापत अंक दिइने छैन र अंक कट्टा पनि गरिने छैन।
  4. बहुवैकल्पिक प्रश्नहरू हुने परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर (Calculator) प्रयोग गर्न पाइने छैन।
  5. विषयगत प्रश्नहरूको हकमा तोकिएको अंकको एउटा लामो प्रश्न वा एउटै प्रश्नका दुई वा दुई भन्दा बढी भाग (Two or more parts of a single question) वा एउटा प्रश्न अन्तर्गत दुई वा बढी टिप्पणीहरू (Short notes) सोध्न सकिने छ।
  6. द्वितीय पत्रमा (विषयगत प्रश्न हुनेका हकमा) प्रत्येक खण्डका लागि छुट्टाछुट्टै उत्तरपुस्तिकाहरू हुनेछन्। परीक्षार्थीले प्रत्येक खण्डका प्रश्नहरूको उत्तर सोही खण्डको उत्तरपुस्तिकामा लेख्नुपर्नेछ।
  7. यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र/विषयका विषयवस्तुमा जेसुकै लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानून, ऐन, नियम तथा नीतिहरू परीक्षाको मिति भन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाईएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्क्रममा परेको सम्झनु पर्दछ।
  8. प्रथमचरणको परीक्षाबाट छनौट भएका उम्मेदवारहरूलाई मात्र द्वितीयचरणको परीक्षामा सम्मिलित गराइनेछ।
  9. यस भन्दा अगाडि लागु भएका माथि उल्लेखित सेवा, समूहको पाठ्यक्रम खारेज गरिएको छ।
  10. पाठ्यक्रम लागू मिति: २०८०/०७/२०
Paper I - General Subject

प्रथम पत्र (Paper I): General Subject

Part (I): General Awareness & General Ability Test (50 Marks)

1. General Awareness and Contemporary Issues (25 ×1 Mark = 25 Marks)

2. General Reasoning Test (25 ×1 Mark = 25 Marks)

2.1 Logical Reasoning (9×1 Mark = 9 Marks)

Verbal Ability, Alphanumeric Series, Reasoning Analogies, Classification, Coding-Decoding, Order & Ranking, Distance & Directions, Analytical and Logical Reasoning, Assertion and Reason, Statement and Conclusion, Input-Output, Venn-diagram

2.2 Numerical Reasoning (8×1 Mark = 8 Marks)

Arithmetic Series, Analogy, Classification, Arithmetical Reasoning, Fraction, Percentage, Ratio, Average, Profit & Loss, Time & Work, Date & Calendar, Data Sufficiency, Data Interpretation & Data Verification

2.3 Spatial Reasoning (8×1 Mark = 8 Marks)

Figure Series, Figure Analogy, Figure Classification, Figure Matrix, Pattern Completion, Embedded Images, Image Formation & Analysis, Mirror and Water Images, Cubes and Dices, Paper Folding & Cutting


Part (B): General Technical Subject (50 Marks)

1. General Hydrology 16%

2. Meteorology/Climatology 14%

3. Probability and Statistics 10%

4. Fluid Mechanics 16%

5. Fluvial Hydraulics 14%

6. Water Resources Planning 10%

7. Survey and Mapping 10%

8. Project Management 6%

9. Professional Practices 4%

Paper II - Technical Subject

द्वितीय पत्र (Paper II): Technical Subject

Section A (30 Marks)

1. Hydrological observations (instruments and methods) 20%

2. Design of hydro-meteorological network Unit 2 & 3: 10%

3. Snow and glacial hydrology

Section B (20 Marks)

4. Collection, processing and publication of hydro-meteorological data 10%

5. Ground water hydrology 10%

Section C (30 Marks)

6. Hydrological analysis 30%

Section D (20 Marks)

7. Sediment measurement techniques and analysis 10%

8. Hydrological forecasting 10%


सामूहिक परीक्षण (Group Test) - पूर्णाङ्क: १०

सामूहिक छलफल (Group Discussion)

यस प्रयोजनको लागि गरिने परीक्षण १० पूर्णाङ्क र ३० मिनेट अवधिको हुनेछ जुन नेताविहीन सामूहिक छलफल (Leaderless Group Discussion) को रूपमा अवलम्बन गरिने छ। दिइएको प्रश्न वा Topic का विषयमा पालैपालोसँग निर्दिष्ट समयभित्र समूहबीच छलफल गर्दै प्रत्येक उम्मेदवारले व्यक्तिगत प्रस्तुति (Individual Presentation) गर्नु पर्नेछ।

मूल्याङ्कन समिति:

  • आयोगका अध्यक्ष वा सदस्य - अध्यक्ष
  • मनोविज्ञ - सदस्य
  • दक्ष/विज्ञ (१ जना) - सदस्य

सामूहिक छलफलमा दिइने नमूना प्रश्न वा Topic:

उदाहरणको लागि - ऊर्जा संकट, गरिबी निवारण, स्वास्थ्य बीमा, खाद्य सुरक्षा, प्रतिभा पलायन जस्ता Topics मध्येको कुनै एक Topic मात्र दिइनेछ।