नेपालको भूगोल, राजनीतिक विभाजन, स्थानीय तह र जलसम्पदा
१. नेपालको सामान्य परिचय तथा अवस्थिति
१.१ क्षेत्रफल
- हालको क्षेत्रफल: १,४७,१८१ वर्ग किलोमिटर (५६,८२७ वर्ग माइल)
- सुगौली सन्धि (सन् १८१६) अगाडिको क्षेत्रफल: २,०४,९१७ वर्ग किलोमिटर। सुगौली सन्धिपछि नेपालले करिब एक तिहाइ भूमि गुमायो।
- चुच्चे नक्सा (कालापानी, लिपुलेख, लिम्पियाधुरा सहित) को क्षेत्रफल: १,४७,५१६ वर्ग किलोमिटर (३३५ वर्ग किलोमिटर थप)। यो नेपालको संविधानको दोस्रो संशोधनद्वारा निशान छापमा समेटिएको क्षेत्र हो।
- निर्णय मिति: २०७७ जेठ ५ (मन्त्रिपरिषद्)
- सार्वजनिक मिति: २०७७ जेठ ७
- संसद्बाट पारित: २०७७ जेठ ३१
- राष्ट्रपतिबाट प्रमाणीकरण: २०७७ असार ४
- सुगौली सन्धि सम्बन्धी मुख्य तथ्य:
- मिति: ४ मार्च १८१६ (कार्यान्वयन), ३ मार्चमा हस्ताक्षर।
- तत्कालीन राजा: गीर्वाणयुद्ध विक्रम शाह। प्रधानमन्त्री: भीमसेन थापा (प्रधानमन्त्रीलाई जानकारी थिएन)।
- नेपालबाट हस्ताक्षरकर्ता: गजराज मिश्र र चन्द्रशेखर उपाध्याय।
- बेलायत (इस्ट इण्डिया कम्पनी) बाट हस्ताक्षरकर्ता: जनरल ब्राडशा।
१.२ अक्षांश (Latitude) र देशान्तर (Longitude)
- अक्षांश: २६°२२' उत्तर देखि ३०°२७' उत्तरसम्म। यस आधारमा नेपाल उत्तरी गोलार्धमा पर्छ, र ठ्याक्कै कर्कट रेखा (Tropic of Cancer) र सुमेरु वृत्त (Arctic Circle) को बिचमा अवस्थित छ।
- देशान्तर: ८०°४' पूर्व देखि ८८°१२' पूर्वसम्म। यस आधारमा नेपाल पूर्वी गोलार्धमा पर्छ। देशान्तरको सहायताले समय निर्धारण गरिन्छ।
१.३ पूर्व–पश्चिम लम्बाइ र उत्तर–दक्षिण चौडाइ
- औसत लम्बाइ (पूर्व–पश्चिम): ८८५ किलोमिटर
- औसत चौडाइ (उत्तर–दक्षिण): १९३ किलोमिटर (न्यूनतम १४५ किमी र अधिकतम २४१ किमीको औसत)
१.४ विश्व, एसिया र सार्कमा स्थान
- विश्वमा: क्षेत्रफलको हिसाबले ९३औँ ठुलो देश।
- स्थलबेरिएका (Landlocked) देशहरूमध्ये: २१औँ ठुलो।
- एसियामा: २५औँ ठुलो।
- सार्कमा: ५औँ ठुलो।
- क्षेत्रफल तुलना: विश्वको ०.०३%, एसियाको ०.३%, र सार्कको २.८% भूभाग ओगट्छ। रुसभन्दा ११६ गुणा सानो, भारतभन्दा २२ गुणा र चीनभन्दा ६६ गुणा सानो।
१.५ अग्लो, होचो स्थान र समय
- सबैभन्दा अग्लो स्थान: सगरमाथा (८,८४८.८६ मिटर)
- पुरानो नाम: १५औँ चुली। नामकरण: बाबुराम आचार्य (इतिहास शिरोमणी) ले 'सगरमाथा' नाम दिए।
- तेस्रो ध्रुव (Third Pole) भन्ने नामकरण: माइकल कर्कले गरे।
- माउन्ट एभरेस्ट नामकरण: एन्ड्रयु वाघले गरे।
- तिब्बती भाषामा: चोमोलुङमा (Chomolungma), चिनियाँ भाषामा: झोमोलोङमा (Zhumulangma)।
- अवस्थिति: सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ४ मा पर्छ।
- प्रथम आरोहण: २९ मे १९५३ (सगरमाथा दिवस), एडमन हिलारी (न्युजिल्यान्ड) र तेन्जिङ नोर्गे शेर्पाद्वारा।
- नयाँ उचाइ (८,८४८.८६ मि.) सार्वजनिक: ८ डिसेम्बर २०२० (मंसिर २३, २०७७) मा नेपाल र चीनले संयुक्त रूपमा।
- सबैभन्दा होचो स्थान: मुसहर्निया, धनुषा (समुन्द्र सतहबाट ५९ मिटर), २०५८ देखि। यसभन्दा पहिले झापाको केचना कवल (७१ मि.) होचो स्थान थियो।
- नेपालको प्रमाणिक समय (Standard Time):
- आधार: दोलखा जिल्लाको गौरीशंकर हिमाल (७,१३४ मि.) लाई काटेर जाने ८६°१५' पूर्व देशान्तर रेखा।
- यो गौरीशंकर, रोल्वालिङ हिमशृङ्खलामा पर्छ।
- यो समय ग्रीनविच प्रमाणिक समय (GMT) भन्दा ५ घण्टा ४५ मिनेटले छिटो (अगाडि) छ।
- लागु मिति: २०४२ साल बैशाख १ गते।
१.६ अन्तर्राष्ट्रिय सीमाना र छुने राज्य/प्रदेश
- कुल सीमाना: २,९२६ किलोमिटर
- भारततर्फ: १,६९० किमी
- चीनतर्फ: १,२३६ किमी
- नेपाललाई छुने भारतका राज्य (५ वटा): (पूर्वबाट पश्चिम)
- सिक्किम (नेपाल र भुटानलाई अलग गर्ने)
- पश्चिम बङ्गाल (नेपाल र बङ्गलादेशलाई अलग गर्ने; यस भागलाई चिकन नेक्स पनि भनिन्छ)
- बिहार
- उत्तर प्रदेश
- उत्तराखण्ड
- चीनतर्फ: स्वशासित क्षेत्र तिब्बतले छुन्छ।
१.७ नेपालका अन्तिम बिन्दुहरू
- पूर्वी बिन्दु: ओलाङचुङगोला, ताप्लेजुङ (८८°४' पूर्व, लेलेप नजिक)
- पश्चिमी बिन्दु: चाँदनी दोधरा, दार्चुला (८०°४' पूर्व)
- उत्तरी बिन्दु: च्याङला भञ्ज्याङ (पास), हुम्ला (३०°२७' उत्तर)
- दक्षिणी बिन्दु: लोधावरी, झापा (२६°२२' उत्तर)
२. भौतिक/धरातलीय विभाजन (Physical Division)
नेपालको भौगोलिक क्षेत्रफलको आधारमा हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजन गरिन्छ। तर, प्रशासनिक रूपमा जिल्ला थपिएपछि ती जिल्लाले ओगट्ने क्षेत्र फरक हुन्छ।
| क्षेत्र | भौगोलिक क्षेत्रफल (%) | जिल्ला थपिएपछि क्षेत्र (%) | जनसंख्या (%) | जनघनत्व (व्यक्ति/वर्ग किमी) | जिल्ला संख्या (पछिल्लो) | स्थानीय तह संख्या |
|---|---|---|---|---|---|---|
| हिमाल | १५% | २५.५% | ६.०८% | ३४ | २१ | ७० |
| पहाड | ६८% | ५७.५% | ४०.३१% | १९२ | ३५ | ३०८ |
| तराई | १७% | १७% | ५३.६१% | ४६० | २१ | २७६८ |
हिमाल (३,००० मिटरभन्दा माथि)
- मुख्य हिमाल (५,००० मि. माथि): ८,००० मिटर अग्ला ८ वटा, ६,००० मि. अग्ला १,३११ वटा हिमाल र २८ वटा हिमशृङ्खला पर्छन्।
- भित्री हिमाल (६,०००–७,००० मि.): मौसमी बसाइँसराइ (Seasonal Migration) को क्षेत्र। हिमव्याप्त उपत्यकाहरू (जस्तै: केन्द्रिन उपत्यका-रसुवा, रुबी भ्याली-धादिङ, टाके र पुराङ-हुम्ला, कर्मारोङ-मुगु) रहेका।
- सीमान्त हिमाल (२४००–५००० मि.): यसलाई टेथिस हिमाल पनि भनिन्छ। यहाँ जीवाश्म (सालिग्राम) पाइन्छ। वृष्टि छाया (Rain Shadow) क्षेत्र पर्ने हुनाले मनाङ र मुस्ताङमा कम पानी पर्छ। मुस्ताङलाई 'नेपालको मरुभूमि' पनि भनिन्छ।
पहाड (६००–३००० मि.)
- महाभारत पर्वत (१८००–३००० मि.): यसलाई 'नेपालको हावाखोरी/स्वस्थकर क्षेत्र', 'हिल स्टेसन अफ नेपाल', र 'लेसर हिमालय' भनिन्छ। अग्लो चुचुरो: सैलुङ (दोलखा, ३,१६९ मि.)। उदाहरण: शिवपुरी, नगरकोट, फूलचोकी, दामन, स्वर्गद्वारी।
- मध्यभूमि (Mid-land): काठमाडौँ, पोखरा जस्ता उपत्यका र तुम्लिङटार, रुम्जाटार जस्ता टारहरू पर्छन्।
- चुरे पर्वत (६००–१८७२ मि.): यसलाई शिवालिक, आउटर हिमालय, नवीनतम/कान्छो पर्वत भनिन्छ। यो सेडिमेन्ट्री चट्टानले बनेको अति संवेदनशील क्षेत्र हो। अग्लो चुचुरो: गर्वा (कैलाली, १,८७२ मि.)। राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ३७ जिल्लामा सञ्चालित छ।
- भित्री मधेश/दुन (६००–९०० मि.): चुरेको उत्तर र महाभारतको दक्षिणमा रहेको उपत्यका। क्षेत्रफल: ८.५%। ७ जिल्लाहरू: उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर (नवलपरासी सुस्ता पूर्व), दाङ, सुर्खेत। सबभन्दा ठुलो: दाङ, सबभन्दा सानो: नवलपुर।
तराई (५९–६०० मि.)
- भावर क्षेत्र: बालुवा, कङ्कडले बनेको क्षेत्र।
- खास/मुख्य तराई: एलुभियल (पाङ्गो) माटो भएको उर्वर भूमि।
विश्वका केही कीर्तिमानी भौगोलिक संरचनाहरू
- विश्वकै गहिरो उपत्यका: अरुण उपत्यका (संखुवासभा), सगरमाथाबाट ८,३९१ मिटर गहिराइ। यो मकालु र कञ्चनजङ्घा हिमालको बिचमा छ।
- विश्वकै गहिरो गल्छी (Gorge): अन्ध गल्छी/दाना गल्छी (म्याग्दीको अन्नपूर्ण गाउँपालिका), करिब ५,७०० मिटर गहिरो। कालीगण्डकी नदीले बनाएको, धौलागिरी र अन्नपूर्ण हिमालको बिचमा अवस्थित।
- विश्वकै अग्लो मानव बस्ती: छार्का भोट र ताराप (डोल्पा), उचाइ करिब ४,१००–४,३०० मिटर।
- विश्वकै अग्लो वैज्ञानिक प्रयोगशाला: 'द पिरामिड इन्टरनेशनल ल्याबोरेटरी एण्ड अब्जर्भेटरी हाइ अल्टिच्युड साइन्टिफिक रिसर्च सेन्टर', सोलुखुम्बुको लोबुचेमा (४,८९० मि.) अवस्थित छ।
३. नेपालका ८,००० मिटरभन्दा अग्ला हिमालहरू (अग्लो क्रम अनुसार)
| क्र.सं. | हिमाल | उचाइ (मिटर) | हिमशृङ्खला | अवस्थित जिल्ला |
|---|---|---|---|---|
| १ | सगरमाथा | ८,८४८.८६ | महालङ्गुर/खुम्बु | सोलुखुम्बु |
| २ | कञ्चनजङ्घा | ८,५८६ | कञ्चनजङ्घा | ताप्लेजुङ |
| ३ | ल्होत्से | ८,५१६ | महालङ्गुर/खुम्बु | सोलुखुम्बु |
| ४ | मकालु | ८,४६३ | महालङ्गुर/खुम्बु | संखुवासभा |
| ५ | चोयु | ८,२०१ | महालङ्गुर/खुम्बु | सोलुखुम्बु |
| ६ | धौलागिरी | ८,१६७ | धौलागिरी | म्याग्दी |
| ७ | मनास्लु | ८,१६३ | मनासिरी | गोर्खा/मनाङ |
| ८ | अन्नपूर्ण | ८,०९१ | अन्नपूर्ण | कास्की |
थप जानकारी
- ८,५०० मि. भन्दा अग्ला हिमाल: सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से (३ वटा)।
- सबैभन्दा पूर्वमा पर्ने ८,००० मि. हिमाल: कञ्चनजङ्घा, यसलाई 'नेपाल पिक' पनि भनिन्छ।
- त्यसपछिको क्रममा: कुम्भकर्ण/जन्नु हिमाल, मकालु, ल्होत्से, सगरमाथा आदि पर्छन्।
- 'आमा–छोरी' को रूपमा चिनिने: अमा दब्लम (Ama Dablam) र पुमौरी (Pumori) — दुवै सोलुखुम्बुमा।
- 'किलर माउन्टेन' को रूपमा चिनिने: मनास्लु।
- गौरीशंकर (दोलखा) बाट नेपालको प्रमाणिक समय निर्धारण। जुगल हिमाल (सिन्धुपाल्चोक), लाङटाङ लिरुङ (रसुवा), गणेश हिमाल (धादिङ), माछापुच्छ्रे (कास्की) पनि प्रमुख हुन्।
४. राजनीतिक तथा प्रशासनिक विभाजन
४.१ राज्य संरचना र शासन प्रणाली
- राजनीतिक संरचना: सङ्घीय (तीन तह – सङ्घ, प्रदेश, स्थानीय)
- शासकीय स्वरूप: संसदीय शासन प्रणाली (कार्यकारी प्रमुख प्रधानमन्त्री, राष्ट्र प्रमुख राष्ट्रपति आलंकारिक)
- निर्वाचन प्रणाली: मिश्रित निर्वाचन प्रणाली
- प्रत्यक्ष (FPTP): १६५ निर्वाचन क्षेत्र (आधार: जनसंख्या पहिलो, भूगोल दोस्रो)। प्रत्येक २० वर्षमा संविधानको धारा २८६ अनुसार 'निर्वाचन क्षेत्र निर्धारण आयोग' (सर्वोच्च अदालतका सेवानिवृत्त न्यायाधीशको अध्यक्षतामा) गठन गरी पुनरावलोकन गर्न सकिन्छ।
- समानुपातिक (PR): ११० सिट।
- प्रतिनिधि सभा (तल्लो सदन): कुल २७५ सदस्य।
- राष्ट्रिय सभा (माथिल्लो/स्थायी सदन): ५९ सदस्य (७ प्रदेशबाट ८ का दरले ५६ निर्वाचित + ३ मनोनित)। प्रदेशबाट निर्वाचित ८ मध्ये ३ महिला, १ दलित र १ अपाङ्ग/अल्पसंख्यक अनिवार्य। कार्यकाल ६ वर्ष, तर प्रत्येक २ वर्षमा एक तिहाइ सदस्यको पदावधि सकिन्छ। यसको निर्वाचन स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्यले गर्छन्। (स्थानीय तहको मतभार १९, प्रदेश सभाको ५३)।
४.२ निर्वाचन क्षेत्रको जिल्लागत विवरण (प्रतिनिधि सभा)
- १ क्षेत्र भएका जिल्ला: ३५ (जस्तै: हुम्ला)
- २ क्षेत्र भएका जिल्ला: २१
- ३ क्षेत्र भएका जिल्ला: ७
- ४ क्षेत्र भएका जिल्ला: ९ (जस्तै: मधेश प्रदेशका ८ जिल्ला, सुनसरी)
- ५ क्षेत्र भएका जिल्ला: ३ (झापा, रुपन्देही, कैलाली)
- ६ क्षेत्र भएको जिल्ला: १ (मोरङ)
- १० क्षेत्र भएको जिल्ला: १ (काठमाडौँ)
४.३ प्रदेशहरू
- सात प्रदेशको नाम: कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम।
- क्षेत्रफलमा ठुलो/सानो: (ठुलो) कर्णाली > (सानो) मधेश।
- जनसंख्यामा धेरै/थोरै: (धेरै) बागमती > मधेश > ... (थोरै) कर्णाली।
- जनघनत्व: धेरै – मधेश, कम – कर्णाली।
- गरिबी: सबैभन्दा कम गण्डकीमा, सबैभन्दा धेरै सुदूरपश्चिममा।
- प्रदेशभित्र जिल्ला संख्या:
- ८ जिल्ला: मधेश
- ९ जिल्ला: सुदूरपश्चिम
- १० जिल्ला: कर्णाली
- ११ जिल्ला: गण्डकी
- १२ जिल्ला: लुम्बिनी
- १३ जिल्ला: बागमती
- १४ जिल्ला: कोशी
- सीमा छुने प्रदेशहरू:
- भारतलाई मात्र छुने: २ (मधेश), ५ (लुम्बिनी)।
- चीनलाई मात्र छुने: कुनै पनि छैन।
- भारत र चीन दुवैलाई छुने: १ (कोशी), ३ (बागमती), ४ (गण्डकी), ६ (कर्णाली), ७ (सुदूरपश्चिम)।
- प्रदेश सभा: एक सदनात्मक, कुल ३३० सदस्य (६०% प्रत्यक्ष, ४०% समानुपातिक)। प्रदेश अनुसार स्थानीय तहको संख्या फरक (जस्तै: कोशीमा १३७)।
४.४ स्थानीय तह
- कुल ७५३ (गाउँपालिका ४६०, नगरपालिका २९३)
- नगरपालिकाको वर्गीकरण: महानगरपालिका ६, उपमहानगरपालिका ११, नगरपालिका २७६।
- जिल्ला सभा: प्रत्येक जिल्लाका स्थानीय तह प्रमुख/उपप्रमुख (अध्यक्ष/उपाध्यक्ष) रहने सभा। यसले ९ सदस्यीय (कम्तीमा ३ महिला) जिल्ला समन्वय समिति गठन गर्छ।
स्थानीय तहसम्बन्धी मुख्य तथ्य
- धेरै स्थानीय तह भएको: प्रदेश – कोशी (१३७), जिल्ला – सर्लाही (२०)।
- थोरै स्थानीय तह भएको: प्रदेश – कर्णाली (७९), जिल्ला – पूर्वी रुकुम (३)।
- धेरै गाउँपालिका भएको: प्रदेश – कोशी (८८), जिल्ला – धादिङ (११)।
- गाउँपालिका नभएको जिल्ला: काठमाडौँ, भक्तपुर (२ वटा)।
- नगरपालिका नभएको जिल्ला: मनाङ, मुस्ताङ, हुम्ला, रसुवा, पूर्वी रुकुम (५ वटा)।
- उपमहानगरपालिका नभएको प्रदेश: गण्डकी र कर्णाली।
- महानगरपालिका नभएको प्रदेश: ५ (लुम्बिनी), ६ (कर्णाली), ७ (सुदूरपश्चिम)।
- क्षेत्रफलको आधारमा ठुलो/सानो (महानगर): ठुलो–पोखरा, सानो–ललितपुर (क्षेत्रफल); जनसंख्यामा ठुलो–काठमाडौँ, सानो–विराटनगर।
- जनसंख्या घटेका स्थानीय तह: ४६० गाउँपालिकामध्ये २५०, २९३ नगरपालिकामध्ये ६९ वटाको जनसंख्या ऋणात्मक भयो। सबैभन्दा धेरै जनसंख्या घट्ने गाउँपालिका: चौरीदेउराली (काभ्रे)।
४.५ जिल्ला सम्बन्धी अन्य तथ्य
- कुल जिल्ला: ७७ (सबैभन्दा कान्छो: पूर्वी रुकुम र पश्चिम नवलपरासी)
- क्षेत्रफलमा ठुला ५: डोल्पा > हुम्ला > ताप्लेजुङ > गोर्खा > मुस्ताङ। (डोल्पाको ७,८८९ वर्ग किमी)
- क्षेत्रफलमा साना ५: भक्तपुर (११९ वर्ग किमी) > ललितपुर > काठमाडौँ > पर्वत > पश्चिम नवलपरासी।
- जनसंख्या धेरै भएका ५: काठमाडौँ > मोरङ > रुपन्देही > झापा > सुनसरी।
- जनघनत्व धेरै भएका: काठमाडौँ (५,१६९) > भक्तपुर > ललितपुर > रुपन्देही > सुनसरी।
- जनघनत्व कम भएका: मनाङ (३) > मुस्ताङ > डोल्पा > हुम्ला > मुगु।
- जनसंख्या बृद्धिदर उच्च: भक्तपुर > रुपन्देही > चितवन > बाँके > झापा।
- जनसंख्या बृद्धिदर न्यून (ऋणात्मक): रामेछाप > खोटाङ > मनाङ > भोजपुर > तेह्रथुम।
- हिमाली जिल्लामध्ये सबैभन्दा सानो (क्षेत्रफल): रसुवा।
- क्षेत्रफल बराबर भएका केही जिल्ला: रामेछाप–तनहुँ, बर्दिया–डोटी।
- धोलेंगे र नेपालको जस्तो नक्सा भएको जिल्ला: बाग्लुङ।
- अन्तर्राष्ट्रिय सीमाना छुने/नछुने जिल्ला:
- चीनलाई मात्र छुने: २ जिल्ला (दार्चुला, ताप्लेजुङ)
- भारतलाई मात्र छुने: २५ जिल्ला
- दुवैलाई छुने: १३ जिल्ला
- कुनै सीमा नछुने (Landlocked districts): ३७ जिल्ला
५. जलसम्पदा (Water Resources)
५.१ नदी सम्बन्धी सामान्य तथ्य
- नेपालमा साना–ठूला गरी ६,००० भन्दा बढी नदीनाला छन्।
- १६० किमी भन्दा लामा नदी: १० वटा।
- ११ किमी भन्दा लामा नदी: करिब १,००० वटा।
- कुल जलभण्डार क्षमता: २.२ लाख मिलियन घनमिटर प्रति सेकेन्ड।
५.२ उत्पत्तिको आधारमा नदीको वर्गीकरण
- प्रथम श्रेणी (First Class): उत्पत्ति हिमालय/तिब्बतबाट, हिमपग्लिने पानी। मुख्य प्रयोग: जलविद्युत, सिँचाइ। उदाहरण: कोशी, गण्डकी, कर्णाली, महाकाली।
- द्वितीय श्रेणी (Second Class): उत्पत्ति महाभारत पर्वतबाट। मुख्य प्रयोग: सिँचाइ। उदाहरण: मेची, कन्काई, कमला, बागमती, राप्ती, बाणगंगा, तिनाउ, बबई, भेरी।
- तृतीय श्रेणी (Third Class): उत्पत्ति चुरे क्षेत्रबाट, वर्षामा बाढी, हिउँदमा सुक्ने। मुख्य प्रयोग: कृषि। उदाहरण: हर्दिनाथ, बक्राहा, मनुस्मारा, सिर्सिया, अर्जुन खोला।
५.३ प्रमुख नदी प्रणालीको तुलना
| विवरण | कोशी | गण्डकी (नारायणी) | कर्णाली |
|---|---|---|---|
| भौगोलिक क्षेत्र | कञ्चनजङ्घा–लाङटाङ | लाङटाङ–धौलागिरी | धौलागिरी–ब्यास हिमाल |
| लम्बाइ (कुल) | ७२० किमी | ३३८ किमी | ५०७ किमी |
| लम्बाइ (नेपाल भित्र) | २०० किमी | – | – |
| जल प्रवाह (घनमि./से.) | १,५६४ | १,३१६ | – |
| जलविद्युत क्षमता (MW) | २२,००० | ३३,००० (कुनै अध्ययनमा ८३,०००) | – |
| विशेषता | नेपालकै ठुलो, विश्वमा बालुवा बोक्ने दोस्रो, 'बिहारको दु:ख' | नेपालकै गहिरो, तल्लो भागमा नारायणी | सबैभन्दा लामो (केही स्रोतमा फराकिलो) |
अन्य विवरणहरू
- विश्वमा सबैभन्दा धेरै बालुवा बोक्ने नदी: चीनको याङ्त्से (पहेँलो नदी)।
- गण्डकी नदी नारायणघाट पुगेपछि 'नारायणी' नदी कहलाउँछ।