नेपाल दूरसञ्चार कम्पनी लिमिटेड

(नेपाल टेलिकम)

खुला तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम

सेवा: प्राविधिक | समूह: सिविल इन्जिनियरिङ | उप समूह: सिविल

तह: ७ | पद: इन्जिनियर (सिविल) | किसिम: खुला तथा आ.प्र.

Nepal Telecom Limited - Civil Engineer (Level 7) - Examination Syllabus

परीक्षा योजना (Examination Scheme)

पाठ्यक्रम योजनालाई दुई चरणमा विभाजन गरिएको छ:

१ प्रथम चरण - लिखित परीक्षा (Written Exam) - पूर्णाङ्क: २००

पत्र विषय पूर्णाङ्क उत्तीर्णांक परीक्षा प्रणाली प्रश्न संख्या × अङ्क समय
प्रथम General Awareness, Management & Institutional Awareness Test १०० ४० वस्तुगत बहुवैकल्पिक प्रश्न (MCQs) ५० प्रश्न × १ अङ्क ४५ मिनेट
विषयगत छोटो उत्तर आउने प्रश्न
६ प्रश्न × ५ अङ्क
१ घण्टा
लामो उत्तर आउने प्रश्न
२ प्रश्न × १० अङ्क
३० मिनेट
द्वितीय Technical Subject (Service Specific) १०० ४० विषयगत छोटो उत्तर आउने प्रश्न
४ प्रश्न × ५ अङ्क
३ घण्टा
लामो उत्तर आउने प्रश्न
८ प्रश्न × १० अङ्क

२ द्वितीय चरण - अन्तर्वार्ता (Interview) - पूर्णाङ्क: ३०

विषय पूर्णाङ्क परीक्षा प्रणाली
अन्तर्वार्ता ३० मौखिक

दृष्टव्य (Important Notes):

  1. प्रथम र द्वितीय पत्रको लिखित परीक्षा छुट्टाछुट्टै हुनेछ।
  2. लिखित परीक्षाको प्रश्नपत्रको भाषा नेपाली वा अंग्रेजी हुनेछ।
  3. लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी वा दुवै हुन सक्नेछ।
  4. वस्तुगत बहुवैकल्पिक (Multiple Choice) प्रश्नहरूको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ। तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइनेछैन र अङ्क कट्टा पनि गरिनेछैन।
  5. वस्तुगत बहुवैकल्पिक हुने परीक्षामा परीक्षार्थीले उत्तर लेख्दा अंग्रेजी ठूलो अक्षर (Capital letter) A,B,C,D मा लेख्नुपर्नेछ। सानो अक्षर (Small letter) a, b, c, d लेखेको वा अन्य कुनै सङ्केत गरेको भए सबै उत्तरपुस्तिका रद्द हुनेछ।
  6. बहुवैकल्पिक प्रश्नहरू हुने परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर (Calculator) प्रयोग गर्न पाइनेछैन।
  7. विषयगत प्रश्नहरूको हकमा एउटा लामो प्रश्न वा एउटै प्रश्नका दुई वा दुई भन्दा बढी भाग (Two or more parts of a single question) वा एउटा प्रश्न अन्तर्गत दुई वा बढी टिप्पणीहरू (Short notes) सोध्न सकिनेछ।
  8. विषयगत प्रश्न हुने पत्र/विषयका प्रत्येक खण्डका लागि छुट्टाछुट्टै उत्तरपुस्तिकाहरू हुनेछन्। परीक्षार्थीले प्रत्येक खण्डका प्रश्नहरूको उत्तर सोही खण्डको उत्तरपुस्तिकामा लेख्नुपर्नेछ।
  9. यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र/विषयका विषयवस्तुमा जेसुकै कुरा लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानून, ऐन, नियम, विनियम तथा नीतिहरू परीक्षाको मिति भन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाइएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्क्रममा परेको सम्झनुपर्दछ।
  10. प्रथम चरणको परीक्षाबाट छनौट भएका उम्मेदवारहरूलाई मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित गराइनेछ।
  11. पाठ्यक्रम स्वीकृत मिति: २०८१/१०/२१
प्रथम पत्र - General Awareness, Management & Institutional Awareness Test

प्रथम पत्र: General Awareness, Management & Institutional Awareness Test

Section (A): General Awareness

MCQs (50 Questions × 1 Mark = 50 Marks)

1. General Awareness and Contemporary Issues (30 Marks)

1.1 Geography, History and Culture
1.2 Economic Aspects of Nepal
1.3 Governance & Organizations
1.4 Contemporary Issues

2. Mathematics and Statistics (20 Marks)

2.1 Mathematics
2.2 Statistics

Section (B): Management and Institutional Awareness Test

Subjective (6 Questions × 5 Marks + 2 Questions × 10 Marks = 50 Marks)

3. Management and Marketing

4. Project Management & Financial Management

5. संस्थागत ज्ञान र सम्बद्ध कानूनहरू

द्वितीय पत्र - Technical Subject (Service Specific)

द्वितीय पत्र: Technical Subject (Service Specific) - 100 Marks

Section (A) (50 Marks)

(2 Questions × 5 Marks + 4 Questions × 10 Marks)

1. Engineering Survey and Drawing Techniques

2. Construction Materials and Concrete Technology

3. Soil Mechanics, Foundation Engineering and Hydraulics


Section (B) (50 Marks)

(2 Questions × 5 Marks + 4 Questions × 10 Marks)

4. Structural Analysis and Design

5. Estimating and Costing Valuation and Specification

6. Construction Technology and Environment

7. Construction Management

8. Professional Ethics